Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

2020-07-24

Madhes, Mahottari, Jaleswor

१५ वर्षीया छोरीलाई ४० वर्षीय बुवाले यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय जलेश्वरमा साउन ९ गते उजुरी दिनु भएको छ ।

पीडित बालिकाका अनुसार उनका बुवाले दुई तीन महिनादेखि पटक पटक यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ ।

मानसिक स्वास्थ्य पीडित ४० वर्षीय बुवाले छोरीलाई यौन दुर्व्यवहार गर्दा घरमा असुरक्षित रहेको जानकारी पाएपछि ती बालिकालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको सहयोगमा जनकपुरको एक गैरसरकारी संस्थाको सुरक्षित सेफ हाउसमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

आरोपित मानसिक स्वास्थ्य पीडित रहेकाले घटनाबारे जानकारी लिएर एक महिना स्वास्थ्य उपचारको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको एसपी अधिकारीले इन्सेक धनुषा प्रतिनिधिलाई टेलिफोन मार्फत बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण साउन ९ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments