Incident Reports

मिलापत्र गर्न पीडित परिवारलाई धम्की l

2014-04-06

Chhetu Sherpa बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर भएपछि आरोपित पक्षले आफूहरुलाई धम्की दिएको पीडितपक्षले जनाएका छन् । खाँदबारी नपा-१ मा चैत १७ गते राती दिदिङ गाबिस घर भई हाल खाँदबारी नपा-१ मा बसोवास गर्ने दिनेश राईले ताम्कु-५ की १४ वर्षीया एक बालिकालाई जर्बजस्ती बलात्कार प्रयास गरेपछि पीडित बालिकाका बुबाले आफूलाई पटक पटक मुद्दा फिर्ता लिन धम्क्याउने गरेको बताए । जिल्ला प्रहरी कार्यालयले भने चैत्र १८ गते उजुरी दर्ता गरी चैत्र १९ गते जर्बस्ती करणीमा मुद्दा दर्ता गरेको बताए । प्रहरी प्रमुख डिएसपी पवनकुमार गिरीले मुद्दा कानुनी रुपमा अघि बढेको र फिर्ता नहुने भनी पीडितका परिवारलाई यदी धम्की आए सप्रमाण प्रहरीमा उजुरी दिन आग्रह गरे । वनभोज कार्यक्रममा पुगी र्फकने क्रममा खाँदबारी नपा-१ को देवकोटा चोकबाट जर्बजस्ती तानेर बलात्कार प्रयास गरेको भन्दै आरोपितलाई कानुनी कारबाहीका माग गर्दे उजुरी दर्ता गरेकी हुन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis