Incident Reports

प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा २ जना पक्राउ

2020-07-25

Karnali, Salyan, Bagchaur, Ward 2

सल्यान, २०७७ साउन ११ गते बागचौर नगरपालिका-२ स्थित सडकमा अस्थाई प्रहरी पोष्ट बाग्चौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका खरिबोट बस्ने २७ वर्षीय ईश्वर भण्डारी र  २३ वर्षीय दोर्ण गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।   गिरीले चलाएको रा.४ प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादक पदार्थ सेवन गरी दाङबाट बागचौर नगरपालिकातर्फ जाँदै गरेको लु.२ च १२०५ नम्बरको जीप चालकलाई दुर्व्यवहार गरी गाडीको चाबी समेत खोसेका थिए । घटनाबारे प्रहरीले सोधपुछ गर्नेक्रममा प्रहरी कर्मचारीहरूलाई समेत हातपात गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Police website

0 Comments

Related Reports