Incident Reports

चाउचाउको प्रलोभन देखाइ १५ वर्षीया बालिका बलात्कार, पेटमा ४ महिनाको गर्भ

2020-07-24

Sudurpashchim, Dadeldhura, Bhageshwar, Ward 4

डडेल्धुराको भागेश्वर गाउपालिका ४ की १५ वर्षीय बालिकालाई चाउचाउ र चुईगमको प्रलोभनमा पारी बलात्कार गरिएको छ । मानसिक अवस्था अलि सुस्त रहेकी वालिकालाई चाउचाउ र चुईगम दिएर फागुन/चैत्र महिनादेखि निरन्तर बलात्कार गरिएको र ती बालिकाको पेटमा ४ महिनाको गर्भ समेत रहेको छ ।

भागेश्वर गाउ पालिका वडा नं. ४ सुटील बस्ने अन्दाजी ५२ वर्षीय डम्बरसिंह साउद र सोही ठाँउ बस्ने ४५ वर्षीय भोजबहादुर साउदले बलात्कार गरेको बालिकाले बताएकी छन् । दिउँसो गाईबाख्रा चलाउन काल्ले खोलातिर गएको समयमा आरोपित दुवै जनाले कहिले चाउचाउ त कहिले चुईगम दिएर बलात्कार गर्ने गरेको बालिकाको भनाइ रहेको छ । 

बालिकाको महिनावारी रोकिएको र बालिकाको स्वास्थ्यमा समस्या देखा परेपछि स्वास्थ्य चेकजाँच गराउदा ४ महिनाको गर्भ रहेको थाहा भएको पीडित बालिकाकी आमाले बताइन् । बलात्कार गरेको कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिएकोले कसैलाई नभनेको पीडित बालिकाको भनाई रहेको छ । 

आरोपित दुवै जना विरुद्ध श्रावण ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित युवतीका आफ्न्तहरुले उजुरी दर्ता गराएका थिए । प्रहरीले आरोपीतहरु मध्ये एक जनालाई सोही दिन र अर्कालाई शनिबार पक्राउ गरेको स्थानीयले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments