Incident Reports

जुम्लामा छोराद्धारा ७५ बर्षिया बुबाको हत्या

2020-07-26

Karnali, Jumla, Kanakasundari, Ward 4

जुम्ला, साउन १२ गते । जुम्लाको कनकासुन्दरीमा बुवाको छोराले हत्या गरेका छन् । कनकासुन्दरी गाउँपालिका वडा नं ४ निवासी ७५ बर्षिया बुबा दानबहादुर शाहीको छोराले हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । छोरा ऐनबहादुर शाहीले आफ्नै बुबाको हत्या गरेको प्रहरी नायव उपरीक्षक धामीले थप्नुभयो ।

छोरा ऐनबहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ । घटना पछि घाईते भएका शाहीलाई उपचारको लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यू भएको र शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको छ । 

यसैगरी छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र सदरमुकाम ल्याउनलाई प्रहरी निरीक्षक देवराज भट्टराई सहितको टोली कनकासुन्दरीको घटना स्थल चौकीमा गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो । मृतक शाहीको टाउको, आँखा र कोखामा घाउ भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । मृतक शाही पूर्व नेपाल प्रहरीका असई भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Youth Abducted 00
National/Online Media

0 Comments