Incident Reports

बाजुरामा स्वास्थ्यकर्मीमाथि कुटपिट, आक्रमणकारीलाई कारबाहीको माग गर्दै स्वास्थ्य केन्द्र बन्द

2020-07-26

Sudurpashchim, Bajura, Budhinanda, Ward 6

बाजुरा: गएराति बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीलाई स्थानीय युवाले कुटपिट गरी घाइते बनाएका छन्। राति डिउटी गरिरहेका बेला स्वास्थ्य केन्द्रमा कार्यरत अहेब सिंहराज गिरी माथि आक्रमण भएको हो।

युवाहरुले चेकजाँचको बहानामा गिरीमाथि कुटपीट गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले बताए। कुटपिटबाट गिरीको दाँया हात भाच्चिएकाले उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको जैशीले बताए।

स्थानीय बुढीनन्दा नगरपालिका –६ का केशर भाटको नेतृत्वमा रहेको समुहले आक्रमण गरी घाइते बनाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए।

स्वास्थ्यकर्मीलाई घाइते बनाएपछि उनीहरुमाथि कारवाही गर्न र सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक र प्रसुति बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन्। गिरीमाथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम मार्तडी ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रबक्ता दानबहादुर रोकायाले बताए।

केही दिन पहिला मात्रै डा. राजुराज जैशीमाथि पनि डिउटीमा रहेको बेला दुब्र्यवहार भएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports