Incident Reports

अन्तरजातीय विवाहको विषयमा सैनिक जवानद्वारा कुटपिट l

2014-04-08

Karnali, Salyan, Sharada

Meena Budhathoki मार्के गाविस-७ सिर्म्खर्कका ७९ वर्षीय कमनसिंह कामी र उनकी बुहारी ५० वर्षीया ढाँकी कामी नेपाली सेनाका जवानको कुटपिटबाट गम्भीर घाइते भएका छन् । सोही ठाउँ घरभई पाल्पामा कार्यरत नेपाली सेनाका जवान ३० वर्षीय खुमबहादुर वली घर विदामा रहेको अवस्थामा अन्तरजातीय विवाहको विषयमा भएको विवादपछि वलीले चैत २४ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । खुट्टा र हातमा गम्भीर चोट लागेका कमनसिंहको जिल्ला अस्पताल सल्यानमा सामान्य उपचार गरेपछि चैत २५ गते थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । कुटपिटबाट घाइते ढाँकीको भने जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । वलीकी बहिनी नाता पर्नेसँग कमनसिंहका नातिले अन्तरजातीय विवाह गरेकको विषयमा दुवै पक्षबीच विवाद भएको थियो । ठूला जातकी छोरी विवाह गर्‍यौँ भनेर ठूला कुरा गर्ने, कामी भनेका कामी नै हौं भनेर वलीले आफूहरुलाई कुटेको ढाँकीले बताइन् । कुटपिटबाट ढाँकीको हात भाँच्चिएको छ भने उनका ससुराको खुट्टा र हात भाँच्चिएको छ । पीडितपक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा चैत २५ गते वलीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् । सेनाका जवानले मदिरा सेवन गरी कुटपिट गरेको खुल्न आएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न वली प्रहरीकै नियन्त्रणमा रहेको र वलीले घाइतेको उपचार खर्च ब्यहोर्ने प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis