Incident Reports

लागूऔषध बरामद गर्न गएको प्रहरीमाथि मोरङमा आक्रमण, तीन प्रहरी घाइते, कारोबारीसहित ६ नियन्त्रणमा

2020-07-30

Province 1, Morang, Biratnagar

मोरङको बूढीगंगा गाउँपालिका–१ आरती स्ट्रिप पछाडी रहेको करैया बस्तीमा लागूऔषध नियन्त्रण गर्न भएको प्रहरीमाथि आक्रमण भएको छ ।

बिहीबार राती ९ बजे लागूऔषध नियन्त्रण गर्न गएको सादा पोसकका तीन जना प्रहरीलाई आक्रमणमा गरि घाइते बनाएका हुन् । घाइते हुनेहरुमा प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी रहेका छन् । उनीहरू सादा पोशकका प्रहरी टोली हुन् । घाइतेको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरी जवान बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको छ । प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा गएको टोलीमाथि आक्रमण भएको हो ।

लागुऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको सूचना पाएर नियन्त्रणमा लिन गएको टोलीमाथि तस्करमिा सलग्न र लागूऔषध कारोबारीले आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार प्रहरी पुग्न साथ स्थानी लागूऔषको कारोबारीहरूले लाट्ठी, भाला र खुकरी लिएर आक्रमणमा उत्रिएका थिए ।

लागूऔषको कारोबारीले आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायर समेत गरेको एसपी खड्काले जानकारी दिए । ‘पहिलो गएको सादा पोशकको टोलीमाथि आक्रमण भएपछि ब्याक सपोटमा थप प्रहरी टोली गएको थियो,’ उनले भने, ‘सपटोलमा गएको प्रहरी टोलीमाथि पनि आक्रमणको प्रयास भएपछि प्रहरीले हवाइ फायर गरेको हो ।’ घटनापछि थप प्रहरी परिचालन गरेर प्रहरीले लागूऔषधको कारोबारीसहित घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

उनका अनुसार पक्राउ पर्नेमा बलराम ऋषिदेव, २८ वर्षीय देव ऋषिदेव, २१ वर्षीय वीरेन्द्र ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव, नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेव रहेका छन् । पक्राउ पर्ने बलराम लागूऔषधको कारोबारी रहेको प्रहरीले जनाएको छ । घरमा भण्डान गरि अवैध लागूऔषधको कारोबार गर्ने गरेको बुझिएको छ । बलरामले घरमा अवैध लागूऔषध राखि विक्री वितरण गर्ने गरेको सूचना पाएपछि नियन्त्रण गर्न उसको घरमा पुगेको थियो । पक्राउ परकाहरूलाई मोरङ प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान सुरू गरेको एसपी खड्काले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence during arrest/detention
Weapons Sharp weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments