Incident Reports

प्रतिबन्धित नेकपाका १० जना कार्यकर्ता गिरफ्तार

2020-07-31

Lumbini, Rupandehi, Butwal, Ward 17

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी  रुपन्देही इन्चार्ज सहित १० जना कार्यकर्तालाई प्रहरीले साउन १६ गते बुटवल उपमहानपा–१७ रानीगञ्जबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा  रुपन्देही इन्चार्ज कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–४ का ४७ वर्षीय टेकबहादुर पुन(सङ्गम), रुपन्देही सचिवालय सदस्य सैनामैना नपा–२ सरौलीका ४५ वर्षीय भन्ने विष्णु भट्टराई (विश्राम),रुपन्देही सेक्रटरी तथा पूर्व जनसरकार प्रमुख सैनामैना–५ गढवाका ४८ वर्षीय नविन चौधरी अनेरास्ववियु क्रान्तिकारी गुल्मीका जिल्ला सदस्य २१ वर्षीय पारस राहदी, रुपन्देही जिल्ला सदस्य हरू,बुटवल उपमनपा–७ दिपनगरका ३९ वर्षीय माधव न्यौपाने, बुटवल उपमनपा–१७ रानीगञ्जकी ४० वर्षीया सरीता बराह, बुटवल उपमहानपा–३ गोलपार्कका ६७ वर्षीय तुल्सीराम भण्डारी, बुटवल उपमनपा–३ गोलपार्कका ६९ वर्षीय अज अहमद मिया, बुटवल उपमहानपा–१० रामनगरका ७४ वर्षीय बलबहादुर दर्जी र बुटवल उपमनपा–१२ नयाँगाउँका ४९ वर्षीय रोशन रिजाल रहनु भएको छ ।

बुटवल उपमहानपा–१७ रानीगञ्जमा रुपन्देही इन्चार्जको संयोजकत्वमा पार्टीको बैठक बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा बैठक बसिरहेको अवस्थामा गिरफ्तार गरिएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनास्थलबाट प्रहरीले मेडईन जापान नम्बर एक्सएक्स ३२ लेखेको पेस्तुल एक थान र त्यसमा लाग्ने गोली दुई थान, चार राउण्ड गोली, ८५ लेखेको ४ राउण्ड गोली, विभिन्न कम्पन्नीका ६ थान मोवाइल, १ लाख ६८ हजार ४ सय ५ रुपियाँ र पार्टीका विभिन्न दस्तावेजहरू बरामद भएको र अन्य विषयमा अनुसन्धान भइरहेको डिएसपी खत्रीले बताउनु भयो ।गिरफ्तार गरिएका सबैलाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

आरोपितहरूको स्वास्थ्य परीक्षण साउन १६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments