Incident Reports

बहुविवाह गरेको आरोपमा उजुरी l

2014-04-07

Province 1, Bhojpur, Shadananda

Kiran Ri बहुविवाह गरेको भन्दै मूलपानी गाविस-४ का २३ वर्षीय सूर्यबहादुर आनन्द दर्नाल विरुद्ध उनकी पत्नी १८ वर्षीय आनन्द दर्नालले जिल्ला प्रहरी कार्यालयमा ०७० चैत २३ गते उजुरी दिएकी छन् । पतिले सोही ठाउँकी १७ वर्षीया शोभा दर्नालसंग फागुन २६ गते विवाह गरेकोले आरोपितलाई कानुनी कारबाहीको माग गर्दै अंशसहित सम्बन्धविच्छेदका लागि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । पीडितको उजुरीको आधारमा पीडक दुवैलाई मुलुकी ऐनको बहुविवाह महल अर्न्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अर्सइ भवीन्द्र श्रेष्ठले बताए । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis