Incident Reports

डीएसपीले यातना र धम्की दिएको भन्दै जीवन रक्षाको माग l

2014-04-09

Lumbini, Rupandehi, Siddharthanagar

Amrti Giri रुपन्देहीका प्रहरी प्रबक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक दिपक न्यौपानेले गैरकानुनी रूपमा हिरासतमा राखी शारीरिक र मानसिक यातना दिएको भन्दै एक पुरुषले न्यायका लागि अपिल गरेका छन् । पीडितले व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको संरक्षणको माग गर्दै पत्रकार सम्मेलन गरी सार्वजनिक अपील जारी गरेका छन् । आपसी लेनदेनको विषयमा प्रहरीले अधिकार क्षेत्र बाहिर गएर करकाप गरेको तथा आफूलाई मानसिक र शारीरिक रूपमा यातना दिएको गुनासो गर्दै सिर्द्धार्थनगर नपा-६ का ४६ वर्षीय प्रधुम्नमान श्रेष्ठले व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको संरक्षणको माग गर्दै सार्वजनीक अपील जारी गरेका हुन् । श्रेष्ठले रुपन्देहीका निमित्त प्रहरी प्रमुख न्यौपानेले आर्थिक लेनदेनको विषयमा प्रहरी कार्यालयमा बोलाई शारीरिक र मानसिक यातना दिएकोले जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलमा पनि निवेदन दिएका छन् । पीडित श्रेष्ठका अनुसार गत चैत ७ गते बिहान ७ बजे समयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोशाकमा खटिएका प्रहरी कर्मचारीले डिएसपीको आदेश भन्दै जिल्ला प्रहरी कार्यालयमा लगेका थिए । जिल्ला प्रहरी कार्यालय पुग्नेबित्तिकै प्रहरी नायव उपरिक्षक न्यौपानेले मुना बस्नेत अर्यालको नाममा लेनदेनको कागजमा हस्ताक्षर गर्न दवाव दिएको र नमान्दा कुटपिट गरेको पीडितले बताए । हस्ताक्षर नगरे लागुऔषध मुद्दा लगाई ९० दिन सम्म थुनामा राखी चरम यातना दिने चेतावनी दिएको पीडितले विज्ञप्तिमा उल्लेख गरेका छन् । पीडितले आफुलाई दुई घण्टा हिरासत कक्षमा राखेर रकम दिने भए दे नत्र भारतीय सुटर ल्याई गोली हानी मारिदिन्छौ" समेत भनेर धम्काएको पीडितको भनाइ छ । नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक देवराज अर्यालकी पत्नी मुना र प्रधुम्नमान बीच लेनदेनको विषयमा कुरा नमिलेपछि अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायर भएसँगै प्रहरीबाट आफूलाई धम्की आउन सुरु गरेको श्रेष्ठले बताए । मुनाका पति देवराज अर्याल लामो समय रुपन्देहीमा घुमुवा प्रहरीका रुपमा कार्यरत थिए । उक्त रुपैया अर्याल घुमुवा रहँदाका बखत मुनाले गैरकानुनी ढङ्गले ढिकुटी खेलाउँदा देखिको भएको बताइएको छ । मुना बस्नेत र डीएसपी न्यौपानेले पटक-पटक मानसिक तथा शारीरिक यातना दिने गरेको भन्दै पीडितले रुपन्देही जिल्ला अदालतमो निषेधाज्ञाको रिट दायर गरेपछि अदालतले बिपक्षीहरुका नाममा कुनै प्रकारको धर पकड नगर्नु नगराउनू भनी न्यायाधीश कमलराज बिष्टको इजलासले ०७० चैत १६ गते अन्तरिम आदेश समेत जारी गरेको थियो। लुम्बिनी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मिङमार लामाले प्रहरी अधिकारीको दोष पाएमा विभागीय कारबाही गरिने बताए । डीएसपी न्यौपानेले आफूलाई लगाएको आरोप गलत भएको दाबी गरेका छन् । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis