Incident Reports

माडीका चारवटै मध्यवर्ती कार्यालयमा तालाबन्दी

2020-08-02

Bagmati, Chitawan, Chitwan National Park

 चितवन राष्ट्रिय निकुञ्जले चेपाङ समुदायको घरमा आगो लगाएको विरोधमा आन्दोलनरत विभिन्न संघर्ष समितिहरुले माडी नगरपालिकामा रहेका चार वटा मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा आइतबार तालाबन्दी गरिदिएका छन् ।

चेपाङ समुदायको घरमा आगो लगाउने र भत्काउने कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्नु पर्ने लगायत १५ बुँदे माग गर्दै बाँदरझुला सुकुम्बासी संघर्ष समिति, कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति र बाढी पीडित बस्ती व्यवस्थापन संघर्ष समितिले संयुक्त रुपमा माडीको पाँचपाण्डव, बघौडा, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको संघर्ष समितिका अगुवा राजकुमार नेपालीले जानकारी दिए।


मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेपछि बाँदरझुला, कुसुमखोला र माडीका अन्य सुकुम्बासी बस्तीबाट आएका बाढी पीडित, सुकुम्बासी र चेपाङहरु माडीको बसन्तपुरमा रहेका माडी नगरपालिका कार्यालय अगाडि केही समय धर्ना समेत दिएको नेपालीले बताए ।
धर्नालाई सम्बोधन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले सुकुम्बासी, बाढी पीडित तथा चेपाङ समुदायको अधिकार स्थापितका लागि नगरपालिकाले अगुवाई गरेर संघर्ष गर्ने प्रतिवद्धता जाहेर गरेको नेपालीले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Access/control of public land
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments