Incident Reports

भोजपुरमा वडाध्यक्षको कुटपिटबाट ६५ बर्षीय वृद्ध घाइते

2020-08-02

Province 1, Bhojpur, Salpasilichho, Ward 1

जिल्लाको साल्पासिलिछोङ गाउँपालिका १ का वडाध्यक्ष गणेश बुढाथोकीले एक जना बृद्धलाई कुटपिट गरेका छन् । वडाध्यक्ष कार्कीले स्थानिय ६५ बर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् । अग्राखे भन्ने ठाउँमा वडाध्यक्ष बुडाथोकीले बाटो छेकेर कुटपिट गरेको पीडित कार्कीले बताएका छन् ।

कार्कीले आफु दिङ्लादेखि घर जाने क्रममा आइतबार कुटपिट भएको वताए । कुटपिटबाट कार्कीको छाती, हात र खुट्टामा चोट पटक लागेको उनकी श्रीमती इन्दिरा कार्कीले बताइन् । घाइते कार्कीको बिराटनगरमा उपचार भैरहेको उनले जानकारी दिइन । वडाध्यक्ष बुडाथोकीले भने बाटो निरिक्षण गर्दै हिडिरहेको अवस्थामा कार्कीले अपशव्द प्रयोग गरे पछि सामान्य ठेलाठेल भएको दावी गरे । ठेला ठेल हुँदा आफुलाई पनि सामान्य चोटपटक लागेको र नियोजित रुपमा कुटपिट भने नगरेको उनले बताए ।

वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर परिवारको रोहवरमा छाडेको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
National/Online Media

0 Comments

Related Reports