Incident Reports

सामाजिक बहिष्कार र दुर्व्यवहार घटनाका आरोपितविरूद्ध इन्सेकको पहलमा उजरी दर्ता

2020-08-01

Madhes, Bara, Suwarna, Ward 6

सुवर्ण गाउँपालिका–६ धरमपुर गाउँका ३२ वर्षीय ओमप्रकाश प्रसाद यादव, उनकी २६ वर्षीया पत्नी सुमित्रादेवी यादवलगायतलाई सामाजिक बहिष्कार गर्दै दुर्व्यवहार गरेको आरोपमा चार जनाविरूद्ध साउन १८ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।

इन्सेक प्रतिनिधिको सहयोगमा पीडित पक्षले दिएको उजुरीमा पाँच वर्षीया छोरी अनु यादव, ४६ वर्षीया आमा विन्दा देवी अहिरीन, २९ वर्षीय कान्छो भाइ पप्पु यादव, १२ वर्षीय भतिजो ऋतिकरोशन यादव, आठ वर्षीय प्रशान्त यादव र १४ वर्षीया श्रृति यादवलाई साउन १६ गते दुर्व्यवहार गरी समाजिक बहिष्कार गरेको आरोप लगाइएको छ ।

पीडित पक्षले सोही टोलका आरोपितहरू ३० वर्षीय ओमप्रकाश यादव, ३८ वर्षीय गणेशप्रसाद यादव, ५० वर्षीय कन्हाइलाल यादव र ३४ विसुनदेवप्रसाद यादवविरुद्ध साउन १८ गते इन्सेक प्रतिनिधिको पहलमा पीडित ३२ वर्षीय ओमप्रकाशप्रसाद यादवले जिल्ला प्रहरी कार्यालय कलैयामा उजुरी दिनु भएको हो  ।

आरोपितहरूले गाउँमा सबै व्यक्तिलाई भेला गराएर पूर्ण ब्रहम कबिर उपासक समाज नेपाल (कविर पन्थि) धर्म मानेको आरोपमा अवधेशप्रसाद यादवको परिवारलाई सामाजिक बहिष्कार गरेपछि पीडितले घरमा बस्ने वातावरण मिलाउन पहल गरिदिनका लागि साउन १७ गते इन्सेक जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई निवेदन दिनु भएको थियो ।

जिल्ला प्रतिनिधिले पीडितलाई लिएर साउन १८ गते जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रसँग कानुन अनुसार पीडितलाई सहयोग गरी गाँउघरमा बस्ने वातावरण मिलाइदिन अनुरोध गर्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञा जारी भएकाले पीडित तथा आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयमा साउन २० गते उपस्थित गराउन प्रहरी चौकी तेकुवाँलाई पत्र पठाएको डिएसपी मिश्रले बताउनु भएको छ ।

आरोपितहरूको डरले पीडित परिवारलाई समाजिक रूपमा बहिष्कार गरेर परिवारको घरमा नजान तथा कुनै पनि व्यवहार नगर्न भनि बैठकबाट निर्णय गरेको स्थानीय ३५ वर्षीय सुरेन्द्र यादवले बताउनु भयो ।

अवधेशप्रसाद यादवका परिवारसँग बोल्ने वा कुनै किसिमको व्यवहार गरेमा ४० हजार रुपियाँ दण्ड गर्ने निर्णय गरेको पीडित परिवारका सदस्यले बताउनु भएको छ ।

आरोपितहरूले कामदारहरूलाई समेत पीडित अवधेशप्रसाद यादवको घर र खेतबारीमा काम गर्न रोक लगाएका छन् ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Secondary Cause Religious sectarianism
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments