Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-08-03

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 9

प्रतिबन्धित नेकपाका कार्यकर्ता शैल्यशिखर नगरपालिका–९ का विष्णुराज लेखकलाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामधनी विष्टले प्रयोग गर्दै आएको सरकारी मोटर साइकलमा साउन ८ गते आगजानी गर्ने कार्यमा संलग्न रहेको भन्ने सूचनाका आधारमा लेखकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर भाष्कर चन्दले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

यसअघि मोटर साइकल आगजनीमा संलग्न रहेको भन्दै प्रहरीले प्रतिबन्धित नेकपाका जिल्ला कमिटि सदस्य शैल्यशिखर नगरपालिका–२ रतौडाका प्रताव वड, सोही पार्टीका जिल्ला सदस्य शैल्यशिखर नगरपालिका–२ का चक्रमान विक र दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष शैल्यशिखर नगरपालिका–३ लुइटाका धनीराम लावडलाई गिरफ्तार गरेको थियो ।

गिरफ्तार गरिएका नेकपाका नेता तथा कार्यकर्ताविरुद्ध राजद्रोहसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर चन्दले बताउनु भयो ।

नरेन्द्रसिह कार्की

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments