Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-01

Province 1, Solukhumbu, Solududhakunda, Ward 11

बौद्धिक अपाङ्गता भएकी ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्गलाका २० वर्षीय मनोज बस्नेतलाई साउन १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई साउन १७ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मन्दीप चौहानले इन्सेक प्रतिनिधिसँग भेटमा बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १९ गते गरिएको छ ।

भोजराज कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments