Incident Reports

मुगुमा शिक्षकमाथि साड्घातिक आक्रमण

2020-08-03

Karnali, Mugu, Soru

साउन २१, २०७७ सुर्खेत : जात्राबाट फर्कने क्रममा मुगुको सोरु गाउँपालिकाका एक शिक्षकमाथि स्थानीय युवाहरुले साड्घातिक आक्रमण गरेका छन्। ​ जनै पूर्णिमाको अवसरमा लाग्ने स्थानीय भी ठूलीगाउँको जात्रामा गएका कालिका आधारभूत विद्यालय लिब्रु ४ का स्थायी शिक्षक बिष्णुराज धामीमाथि सोमबार मध्यराति सोही गाउँका युवाहरुले साड्घातिक आक्रमण गरेका हुन्।आक्रमणबाट शिक्षक धामी गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि मंगलबार हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ। चिकित्सकहरुका अनुसार उनको मंगलबार बेलुकासम्म होस आएको छैन्। धामीको अनुहार, टाउकोलगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीसँगै स्थानीय युवा बर बहादुर बुमी पनि घाइते छन्। उनको पनि प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घाइते बरबहादुर बुमीका अनुसार मेलामा नै शौच गर्न जानेक्रममा स्थानीय युवाहरुले एक्कासी आक्रमण गरेका थिए। उनका अनुसार २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीबाट प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य नवराज धामीका छोरा मिलन धामीसहित अंगत, जीवन, राजेन्द्र धामी, इन्द्र सेजुवाल र कवीदत्त बुमीले आक्रमण गरेका हुन्। ‘फुटवल खेल्नेक्रममा शिक्षक विष्णु धामीका दाजुका छोराहरु र आक्रमणकारीबीच विवाद भएको रहेछ,’ घाइते बुमीले भने, ‘त्यहीँ विषयमा सम्झाएको भन्दै शिक्षकमाथि आक्रमण भयो।’आक्रमणकारीहरुले शिक्षक धामीलाई उपचारका लागि अस्पताल लिन सहयोग गर्नेहरुलाई पनि आक्रमण गर्ने धम्की दिएका थिए। उनीहरुको धम्कीका कारण आफन्तहरुले मात्र सात घण्टा टाढा गाउँपालिकाको केन्द्र सोरुकोट ल्याएर हेलिकोप्टर मार्फत सुर्खेत पुर्‍याएका थिए। जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी भुवनेश्वर शाहले आक्रमणकारीको खोजी भइरहेको बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports