Incident Reports

कुटपिट गरेको अरोपमा पति विरूद्ध जाहेरी l

2014-04-09

Bagmati, Dolakha, Kalinchok

Vivek Dhungana दोलखा जिल्ला लामीडाँडा गाविस-४ घर भई हाल काठमाडौँ मनपा-२० बस्ने २३ वर्षीया निर्मला कार्कीलाई पति २५ वर्षीय श्यामबहादुर कार्कीले चैत २५ गते कुटपिट गरेको भन्दै पीडितले महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा चैत २६ गते जाहेरी दिएकी छिन् । जाहेरीमा आरोपितले मानसिक तथा शारीरीक यातना दिई खानालउन समेत नदिने र कुटपिट गर्ने गरेको पीडितको आरोप छ । आरोपितलाई महिला हिंसा ऐन २०६६ बमोजिम कारबाही गरी शान्ति सुरक्षा र भरणपोषण गरी पाऊँ भनी पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् । आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन की इन्स्पेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis