Incident Reports

रोजगारीको प्रलोभन देखाई महिला बेचबिखन गर्ने एक जना पक्राउ

2020-08-03

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 1

काठमाडौं- सिन्धुपाल्चोककाे चौतारा नगरपालिका १ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

रोजगारीको प्रलोभनमा महिलाहरु बेचबिखन तथा ओसारपसारमा संलग्न भएका तामाङलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौंका ४ जना महिलाहरुलाई तामाङसमेतले विभिन्न मितिमा कुवेतमा राम्रो तलब हुने घरायसी काममा लगाइदिने भन्दै प्रलोभनमा पारी २०७३ चैत्रमा वीरगञ्ज नाका हुँदै भारत पुर्‍याएकाे प्रहरीले जनाएकाे छ।

महिलाहरुलाई भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा बन्धक बनाई राखेको अवस्थामा भारतस्थित नेपाली दूतावासकाे सहयोगमा उद्धार गरिएको थियो। घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।


National/Online Media

0 Comments