Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-01

Gandaki, Baglung, Baglung, Ward 5

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बागलुङ नगरपालिका–५ का ४० वर्षीय भरत सापकोटालाई जिल्ला प्रहरी कार्यालय बागलुङले साउन २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले डर धम्की देखाएर साउन १६ र १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन २० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

पीडित पक्षकाे उजुरीपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर हेम केसीले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments