Incident Reports

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एक जना गम्भिर घाइते

2020-08-04

Karnali, Humla, Adanchuli, Ward 2

अदानचुली गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा नेकपाका कार्यकर्ता ३२ वर्षीय अनन्त महतारा घाइते हुनु भएको छ ।

झडपमा परेर साउन २२ गते अदानचुली गाउँपालिका–२ का अनन्त महतारा घम्भिर घाइते भएको सोही ठाउँस्थित श्रीनगर एफएम स्टेसन म्यानेजर कालीबहादुर थापाले इन्सेकलाई बताउनुभयो ।

थापाका अनुसार अदानचुली गाउँपालिका–४ को पाम्सदेखि सुरु भएको नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताहरुको झडपमा कांग्रेसका कार्यकर्ताको कुटाइमा परेर अनन्त लगायत अन्य नाम नखुलेका दुई जना व्यक्ति पनि घाइते भएका छन् ।

घाइते अनन्तको टाउकोमा ५ वटा टाँका लगाएर श्रीनगर इलाका स्वास्थ्य चौकीमा उपचार भइरहेको घाइतेका बुवा हस्तबहादुर महताराले इन्सेकलाई बताउनुभयो । उहाँका अनुसार अन्य दुइजनाको अवस्था भने सामान्य छ ।

घटनास्थलमा प्रहरी प्रशासनको उपस्थिती नभएकाले साउन १९ गतेदेखि हरेक दिन सामुहिक झडपको अवस्था सृजना भएको पीडितको गुनासो छ ।

घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सुर्यपकास सुवेदीले प्रहरीचौकी भन्दा घटना स्थल केही टाढा भएकाले प्रहरी हाल त्यसतर्फ गइरहेको जानकारी दिनुभयो ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people More than 15
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth unknown
Total Injured 3
INSEC

0 Comments