Incident Reports

अस्पताल पुर्‍याइएका बिरामीलाई अस्पतालले भर्ना नलिँदा मृत्यु भएको आफन्तको आरोप

2020-08-06

Madhes, Parsa, Birgunj

बीरगंज महानगरपालिका–११ श्रीपुरका ६४ वर्षीय चलितर महतोलाई बीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा साउन २२ गते  बिहान पुर्‍याउँदा भर्ना नलिएको कारण उपचार नपाएपछि मृत्यु भएको मृतकका भाइ शम्भू महतोले आरोप लगाउनु भएको छ ।

महतोलाई साउन २१ गते राती शरीरमा समस्या देखिएपछि उपचारको लागि नेशनल मेडिकल कलेजमा लगिएको र अस्पतालले कोरोना भाइरस सङ्क्रमणको विषयमा गरिएको परीक्षणको रिपोर्ट माग गर्दा कागज नभएकोले बिरामीको भर्ना हुन नसकेको मृतकका भाई शम्भु महतोले बताउनु भयो ।

महतोको साउन ११ र १५ गते गरी दुई पटक स्वाब परीक्षण गरिएकोमा दुबै पटक रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोनाको रिपोर्ट नै नारायणी अस्पतालको ल्याबले दिइनसकको हुँदा अस्पतालले रिपोर्ट माग गर्दा दिन नसकेको मृतकका भाई शम्भू महतोले बताउनु भयो ।

साउन २१ गते बिहान वडा अध्यक्षले रिपोर्ट ल्याउनु भएपछि पनि उपचारको लागि अस्पतालले भर्ना नगरेको मृतकका भाई शम्भू महतोले बताउनु भयो ।

मृतकका भाई शम्भू महतोका अनुसार भर्नाका लागि निकै आग्रह गर्दा पनि अस्पतालका सुरक्षाकर्मीहरूले कलेजका एमडी बसरूदिन अन्सारीले आदेश नदिएसम्म बिरामी भर्ना गर्न नमिल्ने भनेर जवाफ दिएका थिए ।

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रमोद सर्राफले अस्पताललाई लगाएको आरोग गलत भएको बताउनु भयो ।

आफूहरूले अस्पतालको गेटमै एम्बुलेन्समा चेक गर्ने र अनिमात्र बिरामी लिने नियम लगाएको उहाँले बताउनु भयो ।

कृष्णचन्द्र लामिछाने

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments