Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2020-07-28

Madhes, Siraha, Lahan

१८ वर्षीया यूवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा लहान नपा–२१ का २२ वर्षीय रोहित भनिने शुभकलाल दास, २२ वर्षीय विजयकुमार दास, २१ वर्षीय संजय दास, २१ वर्षीय जयप्रकाश दास र कर्जन्हा नपा–८ की २५ वर्षीया आरती साहविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा साउन २४ गते उजुरी दिनु भएको छ ।

पीडित यूवतीका अनुसार आरोपित आरतीले शुभकलालसँग चिनजान गराइ दिएको र साउन १३ गते उनीसँग उनको घर घुम्न जाँदा आरोपितहरूले सामूहिक बलात्कार गरेको पीडित यूवतीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

आफूले सबैलाई नचिनेका कारण स्थानीयहरूसँग न्यायको लागि पहल गरिदिन आग्रह गर्दा उजुरी दिन ढिलो भएको पीडितले इन्सेक सिरहा प्रतिनिधिलाई बताउनु भयो ।

घटनाको मौखिक जानकारी साउन २३ गते नै आएकोले आरोपितहरूमध्ये विजयकुमार दासलाई सोहि दिन गिरफ्तार गरेको र अन्य आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।

यूवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा साउन २३ गते भएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments