Incident Reports

निजी अस्पतालले बिरामी भर्ना नलिँदा वीरगन्जमा प्रदर्शन

2020-08-08

Madhes, Parsa, Birgunj

पर्सामा पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो देखिएका बेला वीरगन्जका निजी अस्पतालले सामान्य किसिमको बिरामीको उपचारका लागि विरामी भर्ना लिन नमानेपछि वीरगञ्जवासी प्रदर्शनमा उत्रिएका छन् । 

महानगरमा रहेका निजी अस्पतालले सामान्य किसिमको बिरामीको उपचार नगरेपछि  पुनः यस्तो नगर्न भन्दै वीरगन्जवासी प्रदर्शनमा उत्रिएका हुन् ।

गएको तीन दिनयता उपचारको अभावमा वीरगन्ज महानगरपालिका स्थानीय वासिन्दा   तीन जनाले ज्यान गुमाएपछि महानगरबासी एकजुट भएर प्रदर्नमा उत्रिन पुगेका हुन् । 

उनीहरूले नारायणी अस्पतालको इमर्जेन्सीसहितको सबै सेवा सुचारु गर्न माग गर्दै र उपचार नै बिरामी फर्काउने अस्पताललाई कारवाही गर्न माग गरि नारायणी अस्पताल  अगाडि प्रदर्शन गरेका हुन् । 

जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको र नयाँ संक्रमितको संख्या निरन्तर बढिरहेकाले वीरगन्जका निजी अस्पतालले उपचार नै नगरी गेटबाट बिरामीलाई फर्काउन थालेका छन् । 

यही २१ साउनमा जिल्ला प्रशासन कार्यालय पर्साले कुनै पनि किसिमको बिरामीलाई उपचार नगरी फर्काएको पाइएमा त्यस्ता अस्पतालहरुलाई कारवाही गर्ने चेतावनी दिएको थिो । 

तर पनि जिल्लाका सबै अस्पतालले सामान्य किसिमको रोगमा उपचारका लागि अस्पताल पुगेका विरामीहरुलाई विभिन्न बहाना देखाएर फर्काउने गरेको नगरवासीको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments