2020-08-08
सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला सेक्रेटरीसहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । जुम्लाको तिला गाउँपालिका– ७ घोडेगाउँबाट उनीहरू शनिबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जुम्ला जिल्ला सेक्रेटरी रहेका मुगु सोरु गाउँपालिका– ६ का ३७ वर्षीय राजबहादुर भाम, जुम्ला हिमा गाउँपालिका– ७ धाचुका २९ वर्षीय नन्द तिरुवा र हिमा गाउँपालिकाकी १६ वर्षीया सपना बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरूबाट चन्दा उठाउने रसिद, विप्लवको सदस्यता रसिद, किताबलगायत बरामत भएको छ । स्थानीय जनप्रतिनिधिहरू तथा ठेकेदारलाई धम्क्याउँदै चन्दा माग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
Violent / Non-violent | Nonviolent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Arrest (politically significant) |
Weapons | None |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 5 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | unknown |