Incident Reports

किरात जनवादी वर्कर्स पार्टीका केन्द्रीय सचिव गिरफ्तार l

2014-04-15

Province 1, Khotang, Sakela

DM Chamling Rai प्रहरी चौकी लुटपाट, रिपिटर टावर आगजनी र जिल्लावासीबाट चन्दा सङ्कलन गरेको आरोप लागेका किरात जनवादी वर्कर्स पार्टीका केन्द्रीय सचिव च्यानडाँडा गाविस-८, निवासी हंसराज राईलाई ०७० चैत ३० गते प्रहरीले गिरफ्तार गरेको छ । ०६७ वैशाख २१ गते खोटाङको नुनथला प्रहरी चौकी र ०६४ माघ ७ गते खोटाङको फाक्टाङ, देविस्थान र चिसापानी प्रहरी चौकी आक्रमण गरी हातहतियार तथा बन्दोवस्तीको समान लुटेर लगेको तथा काउले गाविसस्थित हुमापोखरीमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा ०६७ चैत ७ गते आगजनी गरेको आरोप लागेका राईलाई मोरङबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी गोविन्दकुमार शाहले बताए । गिरफ्तार राईलाई सदरमुकाम दिक्तेलमा ०७१ वैशाख १ गते ल्याई पुर्‍याईएको र आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी शाहले बताए । किरात जनवादी वर्कर्स पार्टीको राज्यलाई दबाब दिने उद्देश्य अनुरुप रिपिटर टावरमा आगजनी गरेको भन्दै आजगनी पश्चात टावरमा भएको व्याट्री तथा कम्प्युटर समेत राईको समूहले लगेको थियो । उक्त रिपिटर टावर भने ०६८ असारदेखि पुनः सञ्चालनमा ल्याईएको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis