Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-08-09

Karnali, Dailekh, Aathabis, Ward 6

प्रतिबन्धित नेकपाका जिल्ला कमिटी सदस्य आठबीस नगरपालिका–६ सिंगासैनका उदयराम विश्वकर्मा ‘सुदर्शन’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

गाउँस्थित आफ्नै घरमा सुतिरहेको बेला साउन २५ गते विहान ‘सुदर्शन’लाई गिरफ्तार गरेर आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको डीएसपी हरिबहादुर ओलीले बताउनुभयो ।

नेकपाका जिल्ला इञ्चार्ज ‘दिपेन्द्र’ले घटनाको विषयमा प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको महामारी र बाढी पहिरो जस्तो विपदमा पीडित नागरिकको सहयोगमा जुटेको बेला गरिएको ‘सुदर्शन’को गिरफ्तारीको निन्दा गर्दै बिना सर्त रिहाइका लागि आग्रह समेत गर्नुभएको छ ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments