Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2020-08-01

Madhes, Bara, Baragadhi, Ward 2

२६ वर्षीया महिलालाई बारागढी गाउँपालिका–२ बिसुनपुर्वा बस्ने ४० वर्षीय पन्नालाल साह तेलीले साउन १७ गते बलात्कार गरेको आरोपमा पीडितले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजूरी साउन २५ गते दर्ता भएको पीडित महिलाका ससुराले इन्सेक जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई बताउनु भएको छ ।

आरोपितले घटनाका विषयमा घरपरिवारमा जानकारी दिएमा आफू र घरपरिवारका सदस्यलाई आक्रमण गर्ने धम्कि दिएको पीडित महिलाले बताउनु भएको छ ।

घटनाको जानकारी पाउना साथ दुबै पक्षलाई राखेर थप जानकारी लिन प्रयास गर्दा आरोपित उपस्थित नभएकाले पीडितलाई जिल्ला प्रहरी कार्यालयमा जानका लागि सल्लाह दिएको सोही वडाका वडा अध्यक्ष कृष्णप्रसाद चौधरीले बताउनु भएको छ ।

घटनाको अनुसन्धान भइरहेको बताउनु हुँदै महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रमाणका आधारमा साउन २५ गते पीडितको उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

फरार आरोपितको खोजी कार्य भइरहेको डिएसपी मिश्रले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा साउन २० गते भएको थियो ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments