Incident Reports

चापाकोटका मेयर गिरीको ‘दादागिरी’,कुटिए जितेन्द्र

2020-08-09

Gandaki, Syangja, Waling

२५ साउन २०७७ ।

‘कालिकोट काण्ड’ सेलाउन लाग्दै गर्दा स्याङ्जाको चापाकोट नगरपालिकाका नगरप्रमुख शिव गिरीले अर्को काण्ड मच्चाएका छन् ।

आइतबार राती करिब नौ बजेतिर वालिङ भुम्रेका एक युवामाथि कुटपिट गरी गिरीले दादागिरी शैलीलाई निरन्तरता दिएका छन् ।

वालिङ भकुण्डे निवासी जितेन्द्र गुरुङलाई गिरीसँगै आएका युवाले मरणासन्न हुने गरी निर्घात कुटपिट गरेका हुन् ।

साँझको समयमा शितल ताप्न निस्केका गुरुङलाई ग १ झ ३३३ नम्बरको सरकारी गाडीमा आएका गिरी र उनका अन्य पाँच जनाको समुहले कुटपिट गरेको हो ।

शितल ताप्न बाहिर निस्केको बेला गिरी र उनका अन्य पाँच जनाको समुहले आफुलाई कुटपिट गरेको गुरुङले बताएका छन् । गिरी र उनीसँगै आएका अन्य पाँचजना सँग कुनै पनि पूर्वाग्रह नभएको हुँदा आफुमाथि किन कुटपिट भएको हो भन्ने थाहा नभएको घाइते गुरुङले बताए ।

आफुले मेयर गिरीलाई चिनेको तर गिरीले आफुलाई चिनेको वा नचिनेको भन्ने थाहा नभएको पनि उनले बताएका छन् । आफुमाथि ढुङ्गा, रड र धारिलो हतियारले प्रहार गरेको गुरुङले बताए ।

गिरीसँगै आएका आयुष थापा‘लाले’, सुनिल बि.क. लगायत अन्य तीन जनालाई आफुले चिनेको तर किन कुटपिट भयो भन्ने विषय थाहा नभएको गुरुङले बताएका छन् ।

गुरुङको देब्रे आँखामा गहिरो चोट लागेको छ । टाउको र जिउमा रड तथा धारिलो हतियारले प्रहार हुँदा घाइते बनेका गुरुङको वालिङको गह«ौँ घ्याङ्लिङ अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।टाउकाको भित्री भागमा गहिरो चोट लागेको हुनसक्ने भएको हुँदा थप उपचार वालिङमा संभव नभएकोले पोखरा रिफर गरिएको गह«ौँ घ्याङ्लिङ अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.पवन अर्यालले बताउनुभयो ।

करिब एक वर्ष अघि नगरपालिकाको जम्बो टोली सहित राराताल भ्रमणमा गएका गिरीले कालिकोटको एक होटेलमा मदिरा सेवन गरी भक्तपुरबाट आएका युवा समुहमाथि हातपात गरेका थिए ।

यससँगै कोभिड–१९को लकडाउनको बेलामा करिब ३ महिना अघि राहत वितरणको क्रममा चापाकोटकै एक जना दलित युवालाई निर्घात कुटपिट गरेका थिए । तर यी सबै घटना पहुँचको आधारमा ‘गुपचुप’ पारेका गिरीले दादागिरी शैलीमा वालिङका युवामाथि कुटपिट गरी अर्को बितण्डा मच्चाएपछि जनप्रतिनिधिबाट जनताले सुरक्षाको प्रत्याभूति कसरी लिन सक्छन् भन्ने प्रश्न उब्जिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports