Incident Reports

धनकुटा क्याम्पसमा तालाबन्दी

2020-08-10

Province 1, Dhankuta, Dhankuta

धनकुटा/ धनकुटा बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरूले क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा सोमबार ताला लगाएका छन् ।

आंशिक प्राध्यापकहरूको देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार धनकुटामा पनि आंशिक प्राध्यापक समितिले धनकुटा बहुमुखी क्याम्पसको प्रमुख होमबहादुर बस्नेतको कार्य कक्ष र लेखा शाखामा ताला लगाएका हुन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंशिक प्राध्यापकहरूको मागको समस्या समाधानार्थ विश्वविद्यालयले बेवास्ता गरेको भन्दै आंशिक प्राध्यापकहरूको देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत आंशिक प्राध्यापक समितिले धनकुटा बहुमुखी क्याम्पसमा ताला लगाएको सङ्घर्ष समिति धनकुटा बहुमुखी क्याम्पसका सचिव रमेश श्रेष्ठले बताए ।

केन्द्रीय समितिले तय गरेको कार्यक्रम अनुसार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका प्राध्यापकहरूले लेखा शाखामा पनि तालाबन्दी गरेका हुन् । मङ्गलबारसम्ममा पनि मागको सुनुवाइ नभए केन्द्रको निर्देशनमा अन्य कार्यक्रम तय गरिने समितिले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis