Incident Reports

बजार बन्द गराउन गएका प्रहरी र तरकारी व्यापारीबीच झडप  

2020-08-10

Madhes, Mahottari, Jaleswor

सोमबार साँझ तरकारी बजार बन्द गराउन गएका प्रहरी र तरकारी व्यापारीबीच  झडप भएको छ । निषेधाज्ञा भएको ठाउँमा भिडभाड गरेको भन्दै प्रहरी तरकारी बजार बन्द गर्न गएको थियो । 

प्रहरी निरिक्षकको कमाण्डमा रहेको प्रहरीले बारम्बार सम्झाउँदा समेत बजार हटाउन नमानेपछि प्रहरीले कडाइका साथ बजार हटाउन खोज्दा प्रहरीमाथि तरकारी व्यापारीहरुले अभद्र व्यवहार र ढुंगामुढा गरेका छन । 

सोहि क्रममा एक प्रहरी जवानको हातमा चोट लागेको र प्रहरीको जिपमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । 

उनले प्रहरीमाथि ढुंगामुढा गर्ने र जिपमा क्षति पुर्याउने केहि तरकारी व्यापारीलाई नियन्त्रणमा राखेको भन्दै कारबाही हुन सक्ने बताए । उनले हाल सरसल्लाह भइरहेकोले कारबाही नै गर्ने वा अन्य के हुने तत्काल भन्न नसकिने बताए । 

यता तरकारी व्यापारीहरुले आफुहरुको तरकारी प्रहरीले फ्याकिदिएको,बच्चामाथी समेत कुटपिट गरेको,महिलाहरुमाथी हातपात गरेको आरोप लगाएका छन् । 

सोमबार साँझको घटनापछि मंगलबार बिहान जलेश्वर बजार सुनसान देखिएको छ ।  प्रहरीले निषेधाज्ञालाई कडाई गरेको छ । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth noyouth
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments