Incident Reports

बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा ताला

2020-08-11

Province 1, Sunsari, Dharan

धरान । कोभिड १९ अस्पताल सञ्चालनलगायतको माग गर्दै नेपाली कांग्रेस निकट नेपाल तरुण दल नगर र स्वतन्त्र विद्यार्थी युनियनले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

माग पूरा नभइञ्जेलसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको नेपाल तरुण दलका नगर सभापति हिमाल श्रेष्ठले बताए । बीपी प्रतिष्ठानले वैशाख ११ गते कोभिड १९ अस्पताल सञ्चालन गर्ने भन्दै उद्घाटन गरेको थियो । विगतमा माओवादी सशस्त्र द्वन्द्वबाट प्रभावितहरूको लागि उपचार गर्ने पुनस्र्थापना केन्द्रको रूपमा रहेको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अस्पतालको उद्घाटन गरेका थिए ।

तर, हालसम्म सञ्चालन नआउँदा कोभिड १९ बाट सङ्क्रमित बनेका बिरामीहरू समस्यामा परिरहेको सभापति श्रेष्ठले बताए । ‘धरानमा मात्रै १० जना संक्रमित घरमै बसिहरहेका छन्, यस्तो बेलामा पनि कोभिड अस्पताल सञ्चालनमा आएको छैन’ उनले भने, ‘यही बेला सिनेट बैठक भन्दै प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू काठमाडौं गएको अवस्था छ, आफ्नो स्वार्थपूर्तिका लागि गरिएको यो सिनेट पछि गर्दा पनि हुन्छ ।’

तरुण दल नगर सभापति श्रेष्ठ र स्वतन्त्र विद्यार्थी युनियनका सचिव दोर्ची शेर्पाले धरानेहरूलाई २५ वडा बेड छुट्याइनुपर्ने, सिनेट बैठक बस्दा स्थानीय सरकार धरान उपमहानगरपालिकासँग बुँदागत छलफल गरेर मात्रै सिनेट बस्नुपर्नेलगायतको माग राख्दै तालाबन्दी गरेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments