Incident Reports

कृषि बजारमा वडाध्यक्षले लगाए ताला

2020-08-12

Province 1, Morang, Katahari, Ward 1

विराटनगर, २८ साउन । विराटनगरका सर्वसाधारणलाई लक्षित गरी कटहरी गाउँपालिका– १ मा सञ्चालित कृषि बजारमा वडाअध्यक्षले तालाबन्दी गरेका छन् । बुधबार कटहरी गाउँपालिका–१ का अध्यक्ष कपुरलाल माझीले तालाबन्दी गरेका हुन् ।

तरकारी तथा फलफूल बजार प्रदेश सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विराट कृषि उत्पादन तथा बजारीकरण संघले सञ्चालन गरेको कृषि बजारमा वडाध्यक्ष माझीले तालाबन्दी गरेका हुन् ।

कृषि बजारको रेखदेखका लागि करारमा राखेका तीन कर्मचारीलाई प्रदेश सरकारले हटाएको थियो । कर्मचारी हटाएपछि वडाअध्यक्ष असन्तुष्ट थिए । तर वडाध्यक्ष माझीले कटहरीमा कोरोना संक्रमण बढेको भन्दै कृषि बजारमा तालाबन्दी गरिएको बताएका छन् ।

अत्यावश्यक वस्तुको कारोबारमाथि प्रतिबन्ध लगाइएकोमा विराट कृषि उत्पादन तथा बजारीकरण संघका सञ्चालकले आपत्ति जनाएका छन् । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले तालाबन्दी खोल्ने विषयमा गाउँपालिका अध्यक्ष रामकुमार कामतसँग छलफल भइरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments