Incident Reports

भारत लगिएका ११ जना महिलाको उद्वार l

2014-04-15

Madhes, Bara, Mahagadhimai

Narayan Paraju रमपुरवा गाविस-७ महेशपुरस्थित नेपाल भारत सीमा ठुठिबारी निचलौल बसपार्कबाट रोजगारीको बाहनामा भारतको गोरखपुरतर्फलाँदै गरिएका ११ जना महिलालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले वैशाख २ गते उद्वार गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । मकवानपुर जिल्ला त्रितुङ गाविस-९ की २५ वर्षीया माइली घल्याङ, सोही गाविस- २ की ३१ वर्षीया कल्पना तामाङ, सर्लाही जिल्ला घर भई कास्की जिल्ला पोखरा उमनपा बस्ने ४२ वर्षीया चन्द्रमाया राई, उदयपुर जिल्ला निवाटार गाविस-८ की ३८ वर्षीया लालमाया गुरुङ, काठमाडौँ जिल्ला रानीपौवाकी २२ वर्षीया अन्जु लामा, सिन्धुली जिल्ला सनचुरी गाविस-५ की २२ वर्षीया विमला तामाङ, कास्की जिल्ला पोखरा उपमनपाकी २८ वर्षीया देउमाया गुरुङ, नवलपरासी जिल्ला गैडाकोट गाविस-२ की २५ वर्षीया सीता बोटे, गुल्मी धुर्कोट गाविस-७ की ३१ वर्षीया कौमाया गुरुङ, गोर्खा जिल्ला फुजेल गाविस-५ की २२ वर्षीया सीता उमागार्इ, कास्की जिल्ला भदौरे गाविस-४ की ४४ वर्षीया सीता परियारलाई भारतीय सीमाबाट उद्वार गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो । कास्की जिल्ला पोखरा उमनपा चिप्लेढुङ्गा निवासी ३८ वर्षीय प्रकाश गिरीले उनीहरुलाई भारततर्फरोजगारीको लागि लैजाने भनि लगेको र टिकट काट्न भनि गएकोमा धेरै समयसम्म नफर्केपछि अलपत्र परेका उनीहरुलाई प्रहरीले शङ्का लागेर सोध्ने क्रममा बेचविखनका लागि लगिएको पाइएपछि उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई माइती नेपालको माध्यमबाट परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । नारायण पराजुली

0 Comments