Incident Reports

बुटवलमा भदौ ५ गतेसम्म लकडाउन

2020-08-13

Lumbini, Rupandehi, Butwal

समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ ।

नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको वैठकले साउन २९ गते राति ११.४५ देखि भदौ ५ गते राति ११.४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीको उपस्थितिमा सम्पन्न बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

लकडाउन अवधिमा स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी ढुवानी जस्ता अत्यावश्यकीय सेवा सञ्चालनमा आउन दिइने छ भने बुटवल हुँदै चल्ने लामो दुरीका सवारीका साधनलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने वैठकले निर्णय गरेको छ ।

लकडाउन अवधिमा उपमहानगर तथा सबै वडाबाट हुने अत्यावश्यकीय बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने भएको छ । नगरभित्रका बैंक तथा वित्त ीय संस्थाहरुले आफ्ना कर्मचारीका ५० प्रतिशत कर्मचारी मात्रै उपस्थित हुने गरी कार्यालय सञ्चालन गर्न पाउने छन् ।

लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधन समेत अत्यावश्यक काममा बाहेक सञ्चालन गर्न पाइने छैन ।

यस्तै ढुवानीका साधनहरुलाई विशेष सुरक्षा अपनाएर चल्न दिने र उद्योगमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिने निर्णय भएको प्रवक्ता रेग्मीले बताए ।

प्रवक्त रेग्मीका अनुसार खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै र दूध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments