Incident Reports

महेन्द्रनगरमा प्रेसरकुकर बम भेटियो

2020-08-12

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 4

कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा बुधबार राति प्रेसरकुकर बम भेटिएको छ । भीमदत्त नगरपालिका–४ को सब्जीमन्डी रोडमा भेटिएको उक्त बम बिहीबार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाका अनुसार बमछेउमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको छ । पर्चामा महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रूपमा निर्माण भइरहेका संरचनाको विरोध गरिएको छ । ‘बम बिहानै सेनाको टोलीले निष्क्रिय पारेको छ,’ डीएसपी थापाले भने, ‘उक्त विषयमा अनुसन्धान भइरहेको छ ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments