Incident Reports

प्रहरीद्वारा ६ जना बालकको उद्धार l

2014-04-17

Lumbini, Dang, Babai

Binod Pandey नेपालगञ्ज नाका भएर भारततिर लाँदै गरेका ६ जना बालकलाई वैशाख ४ गते इलाका प्रहरी कार्यालय जमुनाहाले उद्धार गरेको छ । दाङ पुरन्धारा गाविस-८ का लालबहादुर बराई, रामबहादुर चलाउने र लोकबहादुर खड्काले दुई जना १३ वर्ष र चार जना १४ वर्षका गरी ६ जना बालकहरूलाई भारततर्फलगिरहेको अवस्थामा उद्धार गरिएको हो । उद्धार गरिएका बालकहरूमा १३ वर्षका चुडामणी चलाउने र प्रकाश वली तथा १४ वर्षका मिनबहादुर खड्का, अमृत घर्ती, मेघराज बस्नेत, घनश्याम केसी रहेका छन् । सबै जना दाङ जिल्ला पुरन्धरा गाविस-८ का रहेका इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई सुमन खरेलले बताए । उद्धार गरिएका बालकहरूलाई सिविन नेपालगञ्जको संरक्षणमा राखिएको छ । बालकहरूलाई भारत तर्फलाने बराई, चलाउने र खड्कालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जानकारी दिएको छ । विनोद पाण्डे

0 Comments