Incident Reports

अस्पतालको लापरबाहीले जनकपुरमा एक महिलाको मृत्यु, आफन्तद्वारा तोडफोड प्रयास

2020-08-13

Madhes, Dhanusha, Janakpur, Ward 1

जनकपुरधाम : डाक्टरको लापरबाहीले फेरी एक महिलाले ज्यान गुमाएकी छन्। बिहीबार राति जनकपुरको नव जीवन अस्पतालमा ३५ वर्षीया रुकमणी सदाले ज्यान गुमाएकी हुन्। मृतक महिला जनकपुरधाम उपमहानगरपालिका १ की हुन्। पत्थरीको अप्रेशन गर्दा डाक्टरले लापरबाही गरेकाले दिदीको ज्यान गएको उनका भाई इन्दल सदाले आरोप लगाए। उनले भने, ‘अप्रेशन गर्ने बेलामा डाक्टरले गल्ती गरेछन्। अत्यधिक रक्तश्राव भएपछि तीन पोका रगत पनि चढाइयो। तर पनि बाँचेनन्।’ पेट दुखेपछि उनी साउन २५ गते अस्पताल भर्ना भएकी थिइन्। अस्पतालले तीन दिनपछि अप्रेशन गर्यो। करिब ४ घण्टा लगाएको गरेको अप्रेशन सफल भएन। इन्दल भन्छन्, ‘अप्रेशन सफल हुने र बाहिर लग्नु नपर्ने भनेका डाक्टर पछि बाहिर लग्नुपर्छ भन्न थाल्यो। तर रेफर गरेन। अप्रेशन गरेको करिब २४ घण्टापछि दिदीले दम तोडिन्।’

घटनापछि विहिबार राति करिब १० बजे आक्रोशित आफन्तले अस्पतालमा तोडफोडको प्रयास गरेका थिए। लगत्तै पुगेको प्रहरी टोलीले लाठी चार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो। तरपनि पीडित परिवारले अस्पतालको गेटको सिसा फोडेका छन्। पीडित परिवारले घटनाको छानविन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। मृतककी भाइ इन्दल भन्छन्, ‘दोषी डाक्टरको लाइसेन्स खारेज गर्नुपर्छ।’ क्षतिपुर्ति समेत अस्पतालले दिनुपर्ने उनको माग छ। डाक्टरलाई कारबाही र क्षतिपुर्ति नदिएसम्म शव नबुझ्ने उनले बताए। मृतक महिलालाई अप्रेशन गरेका डाक्टर संजय चौधरी अस्पतालबाट फरार भएका छन्। उनलाई सम्पर्क गर्दा हुन सकेन। अस्पताल प्रशासनले पनि डा. चौधरीबारे केहि बताउन चाहेन।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments