Incident Reports

अज्ञात समुहद्वारा मोटरसाइकलमा आगजनी

2020-08-13

Lumbini, Gulmi, Resunga, Ward 4

गुल्मी । गुल्मीमा अज्ञात समुहले मोटरसाइकलमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा अज्ञात समुले आगजनी गरेका हुन् । लु ३९ प ५२४३ नम्बरको ‘वान् फिप्टि’ मोटरसाइकलमा राति करिब २ बजेको समयमा आगो लगाएका पन्थीले बताए ।

मोटरसाइकल पन्थीटोलमै बनाइएको तरकारी संकलन केन्द्रभित्र राखिएको थियो । तर उक्त समुहले भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगो लगाएका जिल्ला प्रहरी कार्यालय, गुल्मीका इन्स्पेक्टर चुडा पुनले जानकारी दिए । घटनाको बिषयमा प्रहरीले मुजुल्का उठाएको र थप अनुसन्धान भइरहेको पुनले बताए ।

आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । स्मरण रहोस्, असार १७ गते सोहि ठाउँबाट मोटरसाइकल निकाली बाटोतफ फालिएको थियो भने त्यसको एक हप्तापछि उनको बारीको तरकारीको बिरुवामा क्षति पु-र्याइएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports