Incident Reports

मन्दिर प्रवेश गर्न खोजेको भन्दै दलितमाथि कुटपिट

2020-08-11

Karnali, Kalikot, Kalika, Ward 4

शुभकालिका गाउँपालिका–४ मुग्राहाका २५ वर्षीय पङ्खबहादुर बिकलाई सोही ठाउँका २३ वर्षीय अर्जुन शाही, २२ वर्षीय कमल शाही, १९ वर्षीय युवराज शाहीलगायतको समूहले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

शुभकालिका गाँउपालिका–७ स्थित मच्छेवाडीमा रहेको धबलपूरा देवताको पूजा गर्न मन्दिरभित्र प्रवेश गर्न खोज्दा साउन २६ गते पीडितलाई आरोपितहरूले कुटपिट गरिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडितका अनुसार दलित भएकाले मन्दिरमा जान नपाइने भन्दै बाटो छेकी आरोपितहरूले आफूलाई ढुङ्गा र दाउराले कुटपिट गरी भीरबाट खसालिदिएका थिए ।

बुटपिटका कारण पीडितको दायाँ गोडा र घाँटीमा गम्भीर चोट लागेका कारण उपचार भइरहेको जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी कटक महतले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

जातीय छुवाछूत गरी कुटपिट गरेको आरोपमा आरोपितहरूविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा साउन २९ गते उजुरी  दर्ता गराउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका  डिएसपी श्याम ओलियाले जातीय विभेदको उजुरी दर्ता भएको र घटनामा संलग्न व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports