Incident Reports

हर्क साम्पाङको रिहाईको माग गर्दै मेयरको घर अगाडि धर्ना

2020-08-14

Province 1, Sunsari, Dharan

ब्लाष्टखबर । धरानकाे खानेपानीकाे मुहानमा पाईप तोडफोड गरेको आरोपमा पक्राउ परेएका हर्क साम्पाङको रिहाईको माग गर्दै धर्ना दिएका छन् ।

साउन १८ गते साङ्पङले मुहानमा पुगेर तोडफोड गरेका आरोपमा साम्पाङलाई इलाका प्रहरी कार्यालय धरानले साउन २० गते पक्राउ परेका थिए । उनका समर्थकले रिहाईको माग गर्दै मेयर तिलक राईको घर अगाडि धर्ना दिएका हुन् ।

साम्पाङ सार्वजनिक सम्पतीकाे ताेडपाेड तथा अत्यावश्यक सेवामा अबरुद्ध मुद्दा अनुसन्धान भइ रहेकाे इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन् । बस्नेतका अनुसार साम्पाङलाई पक्राउ परे यता ४ पटक सुनसरी जिल्ला अदालतबाट म्यद थप गरिएकाे छ । पछिल्लाे पटक बिहिबार ३ दिनकाे म्यद थप गरीएकाे बस्नेतले बताएका छन् ।

सम्पाङलामाे समयदेखी धरानमा खानेपानीकाे विषयलाइ लिएर अान्दाेलन गरी रहेका थिए । उनले उपमहानगरमा ज्ञापनपत्रपनि बुझाउदै आएका थिए । साम्पाङले भने तेडपाेड नगरी रेन्चकाे प्रयाेग गरेर खानेपानि संस्थाकाे पाइप एडिबी परियोजनाले लगेको पाईएपछी त्यो खोलेर खानेपानी संस्थानकाे पाइपमा जाेडेकाे बताएका छन् ।

साम्पाङसंगै संलग्न रहेका भनिएका खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठकाे भने पक्राउ परेका छैनन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people More than 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments