2020-08-04
सल्यान : झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको शारदा नगरपालिका-८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजू नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गएको साउन २० गते राति बिरामी भाउजूलाई भगवती र आफूलाई शिव भगवान बनाएर एक्लै झारफुक गरे सन्चो हुन्छ भन्दै बलात्कार गरेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। आफु बिरामी भएको र देवरले ‘आफूले फुकेपछि मात्र निको हुने’ भन्दै एक्लै कोठामा राखी रातको समयमा बलात्कार गरेको पीडितले बताइएकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शिवले भनेको नमाने अनिष्ट हुने भन्दै धार्मिक डर-त्रास देखाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ। पीडित महिलाले बिहिबार जाहेरी दिएपछि आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरी प्रमुख खतिवडाले बताए।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Raped | 1 |
Female Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19