Incident Reports

‘ए’ लेभलका विद्यार्थीहरुद्वारा काठमाडौंमा प्रदर्शन

2020-08-14

Bagmati, Kathmandu, Kathmandu

क्याम्ब्रिज विश्वविद्यालयले ‘ए’ लेभल कोर्षमा पठाएको नतिजा फरक परेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

कलेजले पठाएकोभन्दा कम अंक प्रदान गरेको भन्दै शुक्रबार काठमाडौंस्थित ब्रिटिस काउन्सिलअगाडि विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

कोभिड–१९ का कारण परीक्षा लिन सम्भव नभएपछि विश्वविद्यालयले शिक्षकले गरेको मूल्यांकनको आधारमा ‘ग्रेड’वृद्धि गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुुसार नेपालका ‘ए’ लेभल कोर्ष पढाउने कलेजहरुले विद्यार्थीको मूल्यांकन गरी पठाएका थिए ।

तर, विश्वविद्यालयले पठाएको नतिजा र कलेजले पठाएको प्राप्तांक फरक भएको भन्दै विद्यार्थीहरुले नतिजा पुनरावलोकनको माग गरेका छन् ।

नेपालमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘ए’ लेभल कोर्षको परीक्षा सञ्चालन, तालिम सञ्चालन तथा अनुगमन बिट्रिस काउन्सिलले गर्दै आएको छ ।

नेपालमा पाँच हजारको हाराहारीमा ‘ए’ लेभलमा अध्ययनरत् विद्यार्थी छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments