Incident Reports

कार्यकर्तालाई फसाएको भन्दै महेन्द्रनगरमा काँग्रेसको प्रदर्शन

2020-08-14

साउन ३० गते : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित महेन्द्रनगरमा गाईगोठमा भएको आगलागीको घटनामा आफ्नो कार्यकर्तालाई फसाएको भन्दै काँग्रेसले प्रदर्शन गरेको छ ।

गएको साउन २४ गते स्थानीय नेपाल कमयुनिष्ट पार्टी  नेकपा नेतृ पल्टि देवी यादवको घरमा भएको आगलागीको घटनामा राजनीति प्रतिशोध साध्न काँग्रेस कार्यकर्ता देवु यादव र सुरेश यादवलाई फसाएर प्रहरीले मुद्दा दर्ता गरेको भन्दै उनीहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको अगाडी प्रदर्शन गरेका हुन् ।

‘गोठमा काम गर्ने सुस्त मनस्थिती भएकी महिलालाई लामखुट्टे धपाउन परालमा आगो बालेकी थिइन् । सबैजना सुतिसकेका थिए। त्यहीँ परालबाट आगो सल्केर प्लास्टिकको छाना भएको घरमा आगो लाग्यो । त्यहीँ क्रममा एउटा गाई, बाछो, एउटा बाछी मर्यो र केही घाइते भए,’ प्रदर्शनमा उत्रेका स्थानीय काँग्रेस नेता राम चन्द्र साहले भने ।

उनका अनुसार पहिलेदेखि गाउँमा भएको विवादका कारण रिसिबी साध्न र राजनीतिक प्रतिशोधले दुबैजनालाई फसाइएको हो ।

नेकपा नेता तथा प्रतिनिधिसभा सांसद रघुवीर महासेठको दबाबमा प्रहरीले दुबैजनामाथि झुठो मुद्दा चलाएको भन्दै मुद्दा फिर्ता नलिए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।

उक्त घटनामा आफ्नो कार्यकर्ताको संलग्न नरहेको भन्दै कांग्रेसले पक्राउ परेकालाई रिहा गरी सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्ने प्रहरीसँग माग गरे ।  टुडेपाटी  


           

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments