Incident Reports

सिरहा लहानका डिएसपी थापाले कनचटमा पेस्तोल राखेर भने–'मा...द मधेसिया हानदिन्छु'

2020-07-30

Madhes, Siraha, Sakhuwanankarkatti, Ward 4

ज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहा लहानका डिएसपी शरद थापा क्षेत्रीले एक व्यावासायीलाई कनचटमा पेस्तोल राखेर अभद्र गोली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ । लहान स्थित रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डिएसपी) थापाले सिरहाको सखुवानन्जरकट्टि गाउँपालिका वडा नं. ४ बस्ने जगन्नाथ झालाई ईलेक्ट्रीक समान मुफ्तमा नदिएको निहुँमा कनचटमा पेस्तोल राखेर यातना दिएको आरोप लगाइएको छ । डिएसपी थापाले व्यावसायी झासँग पहिलेदेखि नै एस्सी, वासिँग मेसिन जस्ता समानहरु माग गर्दै आएको तथा आफू मुफ्तमा नदिएको कारण विभिन्न मुद्दा लगाएर फँसाउने प्रयास समेत गरेको आरोप लगाएका छन् । उनले भने–“साउन ५ गते नै ईन्सपेक्टर सुभास खतिवडाले फोन गरेर डिएसपी साबसँग भेटनको लागि भनेका थियो , तर मेरो आमा विरामी भएकोले म व्यस्त भए जान पाएनन् । त्यसपछि साउन ७ गते ईलाका प्रहरी कार्यालयमा जाँदा आफूबारे कुनै मुद्दा छ भनेर सोधेपछि केही थिएनन । त्यसपछि म घर फर्के र सोही दिनदेखि डिएसपीले मलाई फ्लोअप र निगरानीमा राख्यो ।” उनले गत साउन १५ गते ईलाका प्रहरी कार्यालयमा नबोलाएर आफ्नो नीजि निवासमा बोलाएर डिएसपी थापाले कनचटमा पेस्तोल राखेर मा...द मधेसिया, के बुझछस आफूलाई ? तँलाई मैले बोलाउँदा सिडिओ कहाँ किन गईस रे ? साले, मुजी मधेसिया ? तलाई मेरो पावर थाहा छैन ? भन्दै करिब ४ घण्टासम्म बन्धक बनाएर राखेको आरोप लगाएका छन् । समानहरु फ्रि मा नदिएको तथा डिएसपी थापाकै मित्र (दोस्त) लाग्ने सोही स्थान बस्ने अनिल चौधरीकी श्रीमति र सगेन चौधरीकी बहिनी कँचन चौधरीको नाममा २० हजार रुपैयाँको चेक कटाउन लगाएको आरोप लगाएका छन् । उनले कनचटमा पेस्तोल तेर्साएर जबरदस्ती डर, त्रास देखाएर कागज समेत बनाउन लगाएको आरोप लगाउँदै अदालतमा मुद्दा समेत हालेका हुन् ।डिएसपी थापा, सगेन चौधरी, अनिल चौधरी र कँचन चौधरी विरुद्ध पीडित झाले अदालतमा मुद्दा हालेका छन् । त्यसअघि साउन १३ गते नै जिल्ला प्रशासन कार्यालय सिरहाका सिडिओ प्रदीपराज कणेललाई मौखिक रुपमा झाले वृतान्त सुनाएका थिए । सोही निहुँ पारेर साउन १५ गते डिएसपी थापाले आफू बोलाउँदा सिडिओ कहाँ गएको भन्दै मधेशीया (सम्प्रदायिक गाली, समुदायिक तवरको गाली) गरेको बताइएको छ । झाले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आफ्नो पुरानो थोत्रे गाडी लहानकै अनिल चौधरीको राईस मिल (हाल गोडाउन) को अगाडी राखिएको भन्दै भाडा मागेको र के को भाडा भन्दा गाडी राखिएको वापत भाडा मागेको बताइएको छ ।सोही सन्दर्भमा उनले ईलाका प्रशासन कार्यालय लहानमा बुझ्न जाँदा कुनै प्रकारको भाडा तिर्न नपर्ने बताएपछि डिएसपी थापाले नाताको हिसाबले अनिल चौधरी र सगेन चौधरीको पक्षमा उभिएर आफूबाट बलपूर्वक भाडा स्वरुप २५ हजार रुपैयाँको कागज बनाउन लगाएको तथा २० हजार रुपैयाँको चेक समेत बनाउन लगाएको आरोप लगाएका छन् । डिएसपी थापाले आफ्नै निवासमा बोलाएर अनिल चौधरी, सगेन चौधरी, कँचन चौधरीलाई समेत बोलाएर करिब ४ घण्टा आफूलाई बन्धक बनाएर बन्दुकको नालमा बलपूर्वक तमसुक बनाउन लगाएको बताएका छन् । उनले काटिएको २० हजारको चेक समेत भोलीपल्टै रोक्का गराएको बताएका छन् ।  डिएसी सरद थापाले मधेसिया भन्दै गाली गलौच सहित आफ्नो पदको पावर प्रदर्शन गर्न खोजी बिना कारण आफूलाई फँसाउने प्रयास सहित जहाँ देखे गोली हान दिने भनेर भनक भएको भन्दै अदालत र स्थानीय सरोकारबाला सँग जीउ ज्यानको रक्षाको माग गरेको बताएका छन् ।  उनले भने–“उनले भनेका छन्, जहाँ देख्छु त्यही गोली हान दिन्छु मुजी मधेसियालाई । सोही डरले म रातारात गाउँबाट भागेको छु । मिडियामा गए पनि मारदिने, कसैलाई भनेपनि पुरै परिवारलाई सखाप पारिदिने भन्दै धम्की दिएपछि म त्रासमा छु । मलाई बचाउनुहोस् ।” डिएसपी थापाले अहिले आफूसँग ६ पोका गाँजा रहेको र ४ पोका आफ्नो गाडीमा हालेर लागू औषधमै फँसाईदिनेसम्म भनेको बताएका छन् । उनले भने,–“उनको निवासमा जाने वित्तिकै मास्क खोलाएर मेरो मोबाईल समेत जफत गरे । कसैसँग सम्पर्क गर्न दिएनन् । कनचट (कनपट्टा) मा पेस्तोल राखेर उनले आफैले कागज लेखेर मसँग हस्ताक्षर गराएका छन् ।” यसबारे, डिएसपी थापासँग सोध्दा उनले प्रमाण देखाउन प्रतिक्रिया दिएका छन् । तपाईले एक सर्वसाधारणलाई यातना दिएको भन्ने सन्दर्भमा उनले “यातनाको अर्थ थाहा छ ?” भनेर उल्टै प्रश्न गरेका थिए । जग्न्नाथ झाको बारेमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले एक बैठकको व्यवस्तता देखाउँदै फोन काटेका थिए ।यता, डिएसपी थापाले भने झालाई साउन १३ गते १ मिनेट १० सेकेन्ड फोन गरेको कल डिटेल समेत देखिएको छ । तर, उनले झालाई नचिनेको भनेर प्रतिक्रिया दिएका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports