Incident Reports

सामूहिक बलात्कारका आरोपितहरूलाई १० वर्षकैद l

2014-04-18

Bagmati, Makawanpur, Hetauda

Pratap Bista एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ६ जना युवालाई दशवर्षकैद गर्ने फैसला गरेको छ । अदालतले पीडकहरूबाट जनही ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने आदेश समेत गरेको छ । जिल्ला अदालतका न्यायधीश वासुदेव पौडेलको वैशाख ४ गतेको इजलासले बलात्कार गरेकोमा पाँच वर्ष र सामूहिक बलात्कार गरेकोमा थप पाँच वर्षगरी १० वर्षकैद गर्ने फैसला गरेको हो । साथै इजलासले पीडितलाई पीडकहरूबाट ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । हेटौडा नपा-५ का २२ वर्षीय लक्ष्मण खत्री, भीमफेदी गाविस-६ का १८ वर्षीय कान्छाराम स्याङ्तान, आमभञ्ज्याङ गाविस-७ का २५ वर्षीय होमबहादुर स्याङ्तान, चित्लाङ गाविस-९ का श्रीहरी अर्याल, हेटौंडा नपा-४ का सुयश ढकाल र भारत पश्चिम चम्पारर घरभई हेटौंडा नपा-२ मा बस्ने गोपी सराफले बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । घटनामा संलग्न रहेका पदमपोखरी गाविस-५ का जीवन थिङ र हर्नामाडी गाविस-१ का बरुण चौलागाईं फरार छन् । अभियुक्तहरूले ०७० असार ८ गते राति हेटौंडा नपा-१० स्थित नारायणी लजमा लगेर १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेका थिए । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis