Incident Reports

मानव बेचबिखनका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-04-17

Bagmati, Sindhupalchok, Melamchi

Nati Babu Dhital शिखरपुर गाविस-४ का ४५ वर्षीय बिष्णुबहादुर दाहाललाई मानव बेचबिखनको आरोपमा वैशाख ४ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । आरोपितलाई ०७० चैत १३ गते प्रहरीले गिरफ्तार गरेको थियो । आरोपितले ३२ वर्षीया एक महिलालाई ०६९ माघ १६ गते काठमाडौँमा रोजगारी लगाईदिने भन्दै लगेकोमा भारतमा पुर्‍याई बिक्रि गरेको आरोप छ । घटनामा संलग्न अर्का आरोपित महाङ्काल गाविस-९ शेराका गोपी लामिछाने फरार रहेको प्रहरीले जनाएको छ । पीडित १३ महिनापछि भारतबाट नेपाल फर्केर इलाका प्रहरी कार्यालयमा बाह्रविसेमा किटानी उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरिएको थियो । नातिबावु धिताल

0 Comments