Incident Reports

गोरखामा भदौ १ गतेदेखि एक साता सटडाउन

2020-08-17

गोरखामा भदौ १ गतेदेखि एक साताका लागि सटडाउन गरिने भएको छ । जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको उच्च जोखिमका कारण एक साता सटडाउन गर्ने निर्णय गरेको हो ।
जिल्लाका केही स्थानीय तहको समुदायमा कोभिड –१९ का सङ्क्रमित देखिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर सटडाउन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले बताए ।
यो निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । एम्बुलेन्स, पास भएका सवारी साधन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । औषधि पसल, खाद्यान्न र तरकारी पसल बाहेक सबै पसल बन्द हुनेछन् ।
तरकारी र खाद्यान्न पसलका लागि समय तोकेर खोल्ने अनुमति दिने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले एक साताका लागि जिल्लाका बैंक, संघसंस्था, कार्यालय सबै बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला भित्रने नाकामा सुरक्षाकर्मी परिचालन गरेर थप कडाई गरिने भएको छ । यस्तै, कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments