Incident Reports

कपिलबस्तुमा नाला सफा गर्ने विषयमा भएको कुटाकुटबाट १ को मृत्यु, २ घाइते

2020-08-16

Lumbini, Kapilbastu, Mayadevi, Ward 8

कपिलबस्तु जिल्लामा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्। जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवराले जानकारी दिएका छन्। कुटपिटबाट ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन्। उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको र भैरहवामा उपचार जारी रहेको एसएसपी बैदवारले बताए। प्रदेश प्रहरी प्रवक्ता बैदवारका अनुसार आइतबार दिउँसो पौने ३ बजेतिर पानीको नाला सफा गर्ने विषयमा मृतक हरिराम र घाइते सोनुसँग स्थानीय २२ वर्षीय अनिल चमारकाे झै- झगडापछि कुटाकुट भएको थियो। त्यो झगडापछि ६१ वर्षीय बेकर चमार, ६४ वर्षीया चुकुनी चमार, १९ वर्षीया माया चमार, २५ वर्षीया सरिता चमार र ३० वर्षीय बिजय चमार पनि संलग्न भइ पासी परिवारलाई निर्घात कुटपिट गरेकाे आराेप छ। कुटपिटमा संलग्न सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको एसएसपी बैदवारले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 2
Female Injured 2
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports