Incident Reports

पति र ससुराले वास्ता नगरेको भन्दै उजुरी दर्ता l

2014-04-19

Madhes, Rautahat, Gadhimai

Bipin Gautam गम्हरीया पर्सा गाविस-४ की १८ वर्षीया खुसवरी खातुनलाई पति २२ वर्षीय परवेज आलम र ससुरा ५० वर्षीय सेख जहिरले वास्ता नगरी घरमा आउन नदिएको आरोपमा पीडितले पति र ससुरा विरुद्ध चैत ४ गते प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराएकी छन् । पति परवेज आलमसँग तीन वर्षअघि आफ्नो जातीय परम्परा अनुसार विवाह भई दुई वर्षपहिला गौना भई माइतीघरमा बस्दै आएकोमा पति र ससुराले लिन आएपछि मात्र आफ्नो घरमा जानुपर्ने परम्परा अनुसार माइतीघरमानै बस्दै आए पनि ससुराको भनाईमा लागि पतिले लिन नआई बेवास्ता गरेको पीडितले बताइन् । पतिलाई ससुराले कमाउन भनि बाहिर पठाएको र घरमा आएका बखत आफूलाई लिन नपठाउने र घरमा नभित्राउने मनसाय राखि आफूलाई घरेलु हिंसा गरेको पीडितले बताइन् । पीडितको उजुरी घरेलु हिंसा ऐन अन्तर्गत दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको सेवा केन्द्रका इन्चार्ज सई गीता रानाभाटले बताइन् । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis